आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती

असार २९ – आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज मनाइँदैछ । १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को मौलिक नेपाली भाषामा भावानुवाद गरी नेपाली साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेको मानिन्छ । भानुभक्तका प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीता, तथा धेरै फुटकर लगायत कृति प्रकाशित छन् । समाजमा कीर्ति राख्न घाँस काटेर कुवा खन्ने घाँसी भानुभक्त आचार्यका लागि सवैभन्दा ठुला प्रेरणा रहेको मानिन्छ । जन्मजयन्तीको अवसरमा आज विभिन्न कार्यक्रम हुँदैछन् ।

Facebook Comments
साहित्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *