भक्तपुरका बासिन्दा कमल पोखरीको सरंक्षणमा जुटे

साउन १० – भक्तपुरका बासिन्दा कमल पोखरीको सरंक्षणमा जुटेका छन । पोखरीको संरक्षण गर्दै पोखरीमा डुृंगा चलाएर आन्तरिक पर्यटकको गन्तव्य स्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ मध्यपुरथिमि नगरपालिकाले पोखरी संरक्षणका लागि ७५ लाख रुपैयाँ विनियोजन गरेपछि स्थानीय बासिन्दा पनि संरक्षण्मा लागेको हुन् । व्यक्तिको नाममा नामसारी भएर बिक्री भइसकेको मध्यपुरथिमि नगरपालिका–८ बोडेमा रहेको कमलपोखरी अदालतले फेरि सार्वजनिक निकायको स्वामित्वमा रहेको फैसला गरेको थियो । भक्तपुर जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले पोखरी सार्वजनिक पोखरी नै रहने गरी गत साता फैसला गरेपछि नगरपालिका र स्थानीय बासिन्दा पोखरी संरक्षणमा जुटेका हुन् ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *