भैरव रिसालको ’नेपालका मन्त्री र सांसदहरू’ सार्वजनिक

साउन २९ –  वरिष्ठ पत्रकार तथा सामाजिक अभियन्ता भैरव रिसालको पुस्तक ’नेपालका मन्त्री र सांसदहरू’ सार्वजनिक गरिएको छ । मंगलबार सिकाई समूहले आयोजना गरेको कार्यक्रममा रिजालले भरतराज पोखरेलसंगको सहकार्यमा लेख्नुभएको पुस्तक ’नेपालका मन्त्री र सांसदहरू’ सार्वजनिक गरिएको हो । रिसालको ९१ औं जन्मजयन्तीका अबसर पारेर आयोजना गरिएको पुस्तक बिमोचन कार्यक्रममा साहित्यकार सामाजिक अभियन्त लगाएतको सहभागीता रहेको थियो । विगत तीन वर्षयता जन्मदिनको अवसर पारेर रिसालले किताब प्रकाशन गर्दे आउनुभएको छ । पुस्तकमा २०१५ सालदेखि अहिलेसम्मका मन्त्री सांसदको विवरण छ । यसमा पहिलो प्रधानमन्त्री माथवरसिंह थापादेखि अहिलेका प्रधानमन्त्री केपी ओलीसम्मको वृतान्त छ । त्यसैगरी सांसदको नाम पनि उल्लेख गरिएको छ ।

Facebook Comments
साहित्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *