कार्तिक ८ –  कम परिमाणमा इन्धन बेचेर ठगी गर्ने काठमाडौको गोठाटारमा रहेको भद्रकाली आयल स्टोरलाई दुई लाख रुपैया जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले गरेको अनुगमनमा एक लिटरमा २५ देखि ३५ एमएल इन्धन ठगी गरेको पाइएपछि २ लाख रुपैया जरिवाना ७ दिनभित्र दाखिला गर्न निर्देशन दिइएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो । इन्धन भर्ने ‘नोजल’बाट लिटरमा १० देखि १५ एमएलसम्म तलमाथि भए स्वीकार गर्न सक्ने व्यवस्था रहेपनि ३ पटक गरेको नमूना संकलनमा २५ देखि ३५ एमएलसम्म कम रहेको भेटिएपछि जरिवाना गरिएको उहाँले बताउनुभयो । अनुगमन टोलीले कम इन्धन भर्ने नोजल सुधार नगरेसम्म उक्त आयल स्टोरको कारोबार रोक्का गरेको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *