सेतो मच्छिन्द्रनाथको आज महास्नान

पुस ३० – सहकाल र करुणाका देवताको रुपमा प्रख्यात सेतो मच्छिन्द्रनाथको आज महास्नान हुँदैछ । महास्नानको लागि हिजो काठमाडौंको शोभाभगवतीमा रहेको निर्मल तीर्थबाट जल ल्याएर तयारी भएको पुजारी स्वयम्भू बज्राचार्यले बताउनु भयो । आज बेलुका ५ बजे काठमाडौंको मच्छिन्द्रबहालमा रहेको महास्नान डबलीमा मूर्तिलाई राखेर महास्नान गरिने बज्राचार्यले बताउनुभयो । महास्नानको तयारी स्वरुप तान्त्रिक साधना गर्ने, धार्मिक विधिंबाट नीचि लिने काम भइ सकेको उहाँले बताउनुभयो । मच्छिन्द्रनाथको नीचि लिने काम भए देखि एक दिन विराएर मच्छिन्द्रनाथका विशेष पूजा भइरहेको छ । महास्नान गरेपछि रथजात्राको तयारी स्वरुप मूर्तिलाई रंगरोगन गर्ने चलन छ । यसरी मूर्तिलाई महास्नान गरेर रंगरोगन गरिने अवधिभर मन्दिरमा मूर्तिको सट्टा कलशलाई प्रतिस्थापन गरेर पुजा गर्ने गरिन्छ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *