छठ पर्वको लागि एक अर्बको केरा आयात

कार्तिक २७ – छठ पर्वको लागि काठमाडौंमा मात्रै एक अर्बको केरा आयात भएको छ । पछिल्ला केहि वर्ष यता काठमाण्डू उपत्यकामा पनि छठ पर्व उल्लासका साथ मनाईंदै आइएको छ । छठ पर्वमा केराको धेरै माग हुने हुँदा आयात पनि बढेको नेपाल फलफूल थोक व्यवसायी संघका कोषाध्यक्ष काशीराम सापकोटाले बताउनुभयो । उहाँका अनुसार माग अनुसार नै केरा आयात भएकाले भाउ बढ्ने सम्भावना छैन । बजारमा दसैं तिहारकै मूल्यमा केरा पाइने उहाँले बताउनुभयो । छठ पर्वका लागि काठमाण्डूका वाग्मती, विष्णुमति लगायत नदी झकिझकाउ पारिएको छ ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *