ट्रिपरको ठक्करबाट बालकोटमा मोटरसाइकल चालकको मृत्यु

मंसिर ६ – भक्तपुरको बालकोटमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । गएराती ना ४ ख ८१८२ नम्बरको टिपरले बा ९९ प ८२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा महोत्तरी घर भई अहिले ललितपुरको चाँगाथली बस्दै आएका २४ वर्षका मनोज मगरको घटनास्थल मै ज्यान गएको महानगरीय प्रहरी बृत्त थिमिले जनाएको छ । टिपरको ठक्करका कारण मोटरसाइकलबाट लडेका मनोजलाई ट्रिपर चालकले ट्रिपर ब्याक गरेर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले टिपर चालकलाई भगाएको पनि प्रत्यक्षदर्शीले दाबी गरेका छन् तर प्रहरीले भने फरार चालकको खोजी भैरहेको बताएको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *