बालाजु क्षेत्रमा बेलुकीदेखि विद्युत आपुर्ती नियमित हुने

भाद्र १९ – बालाजु क्षेत्रमा आज बेलुकीदेखि विद्युत आपुर्ती नियमित हुने भएको छ । बालाजु सव स्टेशनको ट्रान्सफर्मर जलेपछि गएको शनिवारदेखि विद्युत अनियमित हुँदै आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले पटक पटक अनुगमन गरेर निर्देशन दिएपनि ठुलो प्राविधिक समस्या देखिएका कारण मर्मत सुरु गरेको ४ दिनसम्म पनि समस्या समाधान भएको छैन । तर दिनभरीमा मर्मतको काम सकेर आज बेलुकीसम्म विद्युत आपुर्ती हुने प्राधिकरणले जनाएको छ । सब–स्टेसनमा रहेका २ वटा २२ दशमलव ५ एमभीएको ट्रान्सफर्मरमध्ये एउटाको उच्च भोल्टेज बुसिङमा शनिबार राति करिब ७ बजे आगलागी भएको थियो । यसबाट बालाजु र महाराजगंजको बीचमा विद्युत आपूर्तिमा गडबडी भइरहेको छ । साधारण समयमा सब–स्टेसनमा चालू रहेको एउटा ट्रान्सफर्मरले लोड धाने पनि पिक समयमा नधान्ने भार नधान्ने भएकाले आलोपालो गर्दे विद्युत आपूर्ति कटौती गरिएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो । ट्रास्सफर्मर जलेपछि धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज १, महाराजगञ्ज २, टेकु १, बीआई डी १, बीआई डी २, नयाँ बजार फिडरहरुबाट विद्युत आपूर्ति भएका क्षेत्र प्रभावित भएका छन् ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *