आज बालाचतुर्दशी

मंसिर २० – आज बालाचतुर्दशी, हिन्दु धर्माबलम्बीले शिव मन्दिरहरुमा सतबीज छर्दैछन् । हिजो बेलुकीदेखि नै शिव मन्दिरमा पितृको नाममा बत्ती बालेर जाग्राम बसेकाहरुले आज परिवारभित्रका दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै सतबीज छर्ने गर्छन् सतविज छर्न पशुपतिनाथ लगायत शिव मन्दिरमा हिजैदेखि दर्शनार्थीको घुईँचो लागेको छ । उनीहरुले पशुपतिनाथको १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, उमाकुण्ड, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने क्रम चलिरहेको छ । एक सय प्रकारका बीउ छरिने भएकाले यसलाई सतबीज भनिएको हो । सतबीज भनिएपनि अहिले सप्तबीज अर्थात धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो छर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले बताउनुभयो । बाला चतुदर्शीका दिन बीज छर्दा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ । सतविज छर्नेको भिडका कारण पशुपतिनाथ मन्दिर आसपासको क्षेत्रमा गाडी चापमा चलिरहेका छन् । अहिले गौसला, मित्रपार्क, जयवागेश्वरी, पिंगलास्थान र बानेश्वरमा गाडीको चाप रहेको ट्राफिक प्रहरीले जनाएको छ । पाशुपत क्षेत्रमा पुग्ने गाडीलाई भण्डारखाल, सिफल चौर र बनकाली चौरमा पार्किङको ब्यबस्था मिलाईएको ट्राफिक प्रहरीले जनाएको छ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *