माघ २६-  नेपालभाषाको काव्य विधामा विम्वको प्रयोगको बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । नेपालभाषा एकेडेमिको काव्य विभागको आयोजनामा हिजो ललितपुरको कुपण्डोलमा रहेको  साटोआकि भवनमा भएको अन्तरक्रिया कार्यक्रममा कवि इश्वरी मैंया श्रेष्ठले बिम्ब, बिम्बका प्रकार र वर्तमान अवस्थाका कविता नामक कार्यपत्र  प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत भएको कार्यपत्रका विषयमा नेपालभाषा एकेडेमिका उपकुलपति यज्ञरत्न धाख्वाः, नेपालभाषा एकेडेमिका महासचिव मल्ल के सुन्दर,   काव्य विभागका संयोजक डा। पुष्पराज राजकर्णिकार, नारद बज्राचार्य, शाक्य सुरेन, राजेन मानन्धर, रजनी मिला, धर्मराज राजकर्णिकार, तुलसी साय्मि, भगतदास श्रेष्ठ , प्रेमशान्ति तुलाधर लगायतले आ आफ्रनो धारणाा राख्नु भएको थियो ।  विभिन्न प्राज्ञिक कार्यक्रम संचालन गर्ने लक्ष्य सहित  गरिएको कार्यक्रम शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

Facebook Comments
LITERATURE

Leave a Reply

Your email address will not be published. Required fields are marked *