ललितपुरमा बाल चित्रकला प्रदर्शनी

असार ९ – याेंग पिकासो र प्रतिभा समाजको संयुक्त आयोजनामा ललितपुरमा बाल चित्रकला प्रदर्शनी भइरहेको छ । कुपण्डोलको साटोआकी भवनमा संचालन भइरहेको प्रदर्शनीमा ३५ जना बालकलाकारले बनाएका ४५ वटा चित्र राखिएका छन् ।

६ वर्षदेखि १५ वर्ष उमेर समूहका बालकलाकारहरुले कला, संस्कृति, लगायतया विषयबस्तुमा बनाएका चित्रहरु समावेश गरिएको योगं पिकासोका अध्यक्ष अजय देशारले बताउनु भयो ।

चित्रकला प्रदर्शनीको उदघाटन शुकंबार प्रतिभा समाजमा उपाध्यक्ष डा बज्रराज शाक्यले गर्नु भएको हो । प्रदर्शनी आइतबारसम्म चल्नेछ ।

Facebook Comments
मनोरञ्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *