मृगौला तस्करीमा संलग्न रहेको आरोपमा चितवनमा ५ जना पक्राउ

साउन १४ –  मृगौला तस्करीमा संलग्न रहेको आरोपमा चितवनमा ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा नुवाकोटका हरि परियार भन्ने दुर्गा बहादुर दर्जी, रौतहटका बिक्रम पहरी, मकवानपुरका प्रकाश तामाङ, मोरङका दिपक लिम्बु र रसुवाका विशाल नेपाली छन् । विकट क्षेत्रका नागरिकलाई प्रलोभनमा पारी मिर्गौला बिक्री बितरण गर्ने गरिएको सुचनाका आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो । उनीहरुले मृगौला तस्करी गरेर भारतमा बेच्ने त्यसबापत १ लाख रुपैयाँसम्म कमिशन लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृगौला तस्करीमा अरु व्यक्तिहरु पनि संलग्न रहेको देखिएकाले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनुभयो ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *