साउन १८ – आफ्नो फरक–फरक परिचय दिँदै ठगि गर्ने १ जना पक्राउ परेका छन् । आफुलाई कहिले सुवास सिटौला, पिताम्बर शर्मा र डाक्टर सुरेश उप्रती हुँ भन्दै ठगि गर्ने हरिप्रसाद सिटौला पक्राउ परेका हुन् । नागरिकलाई विदेश पठाइदिन्छु, दुतावास तथा अस्पतालहरुमा जागिर लगाईदिन्छु भन्दै ठगि गरि भागेको भन्ने विषेश सूचनाका आधारमा प्रहरीले उनलाई गोगंबुबाट पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *