विभिन्न घट्नामा संलग्न रहेको आरोपमा पक्राउ परेका ११ जना सार्वजनिक

साउन १२ –  महानरीय प्रहरी परिसर भक्तपुरले लागूऔषध कारोबारीसहित विभिन्न घट्नामा संलग्न रहेको आरोपमा ११ जनालाई पक्राऊ गरि आज सार्वजनिक गरेको हो । लागू औषध कारोबारमा संलग्न भएको आरोपमा भक्तपुरका चन्द्रबहादुर द्यौला, श्याम किलम्बु, सूर्यविनायक नगरपालिका ६ बस्ने दिपेश सुकुभुटु, सिन्धुपाल्चोक बलेफी गाउँपालिका ३ घरभई भक्तपुर नगरपालिका ७ च्यामासिंह बस्ने कृष्ण बहादुर मगर, काभ्रेपलान्चोक पनौती नगरपालिका १ रानीकोट घरभई सूर्यविनायक चोक वर्षीय प्रेम तामाङ्ग पक्राउ परेका छन्। यस्तै भक्तपुरमा फर्निचर उद्योगबाट काठ चोरी गरेर लैजाँदै गर्दा ५ जना पक्राउ परेका छन् । सूर्य्विनायक नगरपालिका ४ दधिकोट एकताचोकमा शिवजी श्रेष्ठको खाँडादेवी फर्निचर उद्योगको कम्पाउण्डबाट सालको काठ चोरी गरेर लैजाँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । दोलखा गौरीशंकर ६ का भीम तामाङ, सिन्धुली घ्याङ्लेक ७ का राजकुमार थोकर, टल्के थोकर र रामेछाप सुनपाती २ का दीपक खपाङ्गी पक्राउ परेका हुन् । यस्तै सुनचाँदीको गहना चोरेको आरोपमा दोलखा घर भई चाँगुनारायण बस्ने पशुपति रिमाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *