फागुन २७ – नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय विभूति अरनिकोको सम्झनामा आज  पहिलो स्मृति दिवस मनाउँदैछ । अरनिको निधन भएको दिन पारेर प्रतिष्ठानले मार्च ११ तारिखमा विभिन्न कार्यक्रम गरी प्रत्येक वर्ष उहाँको स्मृति दिवस मनाउने तयारी गरेको हो । सन् १३०६ मार्च ११ तारिख ६३ वर्षको उमेरमा अरनिकोको चीनमा निधन भएको थियो । तत्कालीन समयमा नेपाली कला र संस्कृतिलाई विदेशमा प्रचार गरेका अरनीको जीवनी खोज एंव अनुसन्धान हुन सकेको छैन । सन् १२४४ मा ललितपुरको पाटनमा जन्मिएका अरनिकोले चीनमा गएर आफ्नो कलाकौशलका माध्यमबाट स्वदेशी वास्तुकलाको विदेशमा प्रवद्र्धन गर्नु भएको थियो । प्रतिष्ठानले उहाँको शालिक बनाउनका लागि आवश्यक गृहकार्यसमेत शुरु गरेको जनाएको छ ।

Facebook Comments
SOCIETY

Leave a Reply

Your email address will not be published. Required fields are marked *