अन्नपूर्णले साउन १६ गते देखि व्यावसायिक उडान गर्ने

साउन १५ – नेपाल वायुसेवा निगमले केही दिन अघि ल्याएको ठुलो आकारको जहाज अन्नपूर्णले यही साउन १६ गते देखि व्यावसायिक उडान शुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानलाई उडान अनुमति एओसी प्रदान गरेपछि निगमले उडान तालिका सार्वजनिक गरेको हो । ‘नाइन एन एएलवाई’ कलसाइन दिएको २ सय ७४ सिटको विमानले हप्तामा तीन उडान गर्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो । पहिलो उडानका लागि सवै सिटको टिकट विक्रि भइसकेको उहाँले जानकारी दिनुभयो । निगमले केही दिन अघि खरिद गरि ल्याएको अर्को ठुलो आकारको जहाज मकालु पनि उडान अनुमतिको प्रक्रियामा रहेको र अबको २ हप्ताभित्र अनुमति पाएर उडान शुरु गर्ने निगमले जनाएको छ ।

Facebook Comments
देश भित्र, ब्यानर

Leave a Reply

Your email address will not be published. Required fields are marked *