असोज २२ –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको क्षेत्रमा पर्ने घरजग्गाको मुआब्जा लिन हवाइ यातायात तथा अभिबृद्धि आयोजनाले सूचना निकालेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा विमानस्थल विस्तारको क्षेत्रले छुने घर टहराको मुआब्जा मुल्य निर्धारण भैसेकेकाले तत्कालै मुआब्जा लिन आयोजनाले आग्रह गरेको हो । आयोजनाले यसअघि निर्धारण गरेको मुआब्जा चित्त नबुझेको भन्दै स्थानीयबासिन्दाले गृहमन्त्रालयमा निवेदन दिएका थिए तर सचिवस्तरीय निर्णयले मुआब्जा पुनरावलोकन नगर्ने निर्णय गरेकाले आफ्नो घरजग्गाको मुआब्जा लिन आयोजनाले अनुरोध गरेको हो । स्थानीयबासिन्दाले मुआब्जाको दररेट कम भएको भन्दै विरोध जनाएपछि काँडाघारीतर्फको विमानस्थल विस्तारको लागि समस्या हुँदै आएको छ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *