असोज २४ –  काठमाण्डूको सितापाइलामा चोकमा गएराति ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बा २ ज ३२६९ नम्बरको ट्याक्सी र बा ६६ प ४६०९ नम्बरको मोटरसाइकल ठोक्किदा काभ्रे रोसी गाउँपालिकाका २३ वर्षका निरज लामाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडी बस्ने प्रकाश तामाङको उपचार भइरहेको छ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *