साउन २१ – काठमाण्डूमा जाँड रक्सी खाएर भ्यान चलाउँदा भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । गएराति २ बजेतिर काठमाडौंको महराजगन्जमा भएको दुर्घटनामा भंगाल बस्ने खोटाङका रामबहादुर थापा र सिन्धुपाल्चोक जुगलका पशुपति सिलवालको ज्यान गएको हो । बा १९ च ६५ १५ नम्बर भ्यान रोकिराखेको बा ४ ख ९८५४ नम्बरको टिपरमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका भ्यानका चालक सिन्धुपाल्चोकका सुरेश पराजुलीको त्रिवि शिक्षण अस्पतालमा उपचारमा भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक सुरेशले जाँड रक्सी खाएर गाडी चलाउँदा दुर्घटना भएको हो ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *