असोज २७ – धादिङमा टिपर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् । पृथ्वीराजमार्गको भिमसेनस्थानबाट चकमकेका लागि छुटेको बा ५ ख २४१८ नम्बरको ट्रिपर थाक्रे गाउँपालिका वडा नम्बर १० मानेडाँडामा राती दुर्घटना हुँदा थाक्रे गाउँपालिका वडा नम्बर १० का ५५ वर्षका महेश तामाङ, ६० वर्षकी सोममायाँ तामाङ र ६२ वर्षकी सावित्री तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते तीन जनालाई उपचारको लागि काठमाण्डूको ट्रमा सेन्टरमा ल्याइएको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *