म्यानमारकी नेतृ सुकीलाई होटलमा छाडेर फर्किएका प्रहरी सहायक निरिक्षक दुर्घटनामा

मंसिर १४ – काठमाण्डूमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सोल्टी होटलमा छाडेर फर्किएका प्रहरी सहायक निरिक्षक दुर्घटनामा परेका छन् । हिजो बेलुकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुचीलाई सोल्टी होटलमा छाडेर फर्किएको मोटरसाइकल चालक प्रहरी सहायक निरिक्षक दिपेन्द्र गुरुङ घाइते भएका प्रहरीले जनाएको छ । भिआइपी छाडेर फकर्ने क्रममा बा १ ज ६५ ७७ नम्बरको माइक्रोले गुरुङ चढेको बा २ ब २५४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनापछि टाउकोमा चोट लागेका प्रहरी सहायक निरिक्षक गुरुङको नेपाल पुलिस अस्पताल महाराजगन्जमा उपचार भैरहेको छ । ठक्कर दिने माइक्रो चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *