टेकुमा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु, पहिचान खुल्न बाँकी

मंसिर १२ – काठमाण्डूको टेकुमा गाडीको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ । बिहान पौने ४ बजेतिर नम्बर नखुलेको गाडीको ठक्करबाट ज्यान गुमाएका अन्दाजी २५ वर्षका पुरुषको पहिचान नखुलेको प्रहरीले जनाएको छ । कनक पेट्रोल पम्प नजिकै गाडीको ठक्करबाट घाइते भएका युवालाई काठमाण्डूको ट्रमा सेन्टर लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *