काठमाण्डूमा बिहान भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

मंसिर ८ – काठमाण्डूमा बिहान भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । बिहान पौने ५ बजेतिर कोटेश्वरमा भाटभटेनी अगाडि ना ६ ख ५५९२ नम्बरको ट्रकमा ना ५ ख ४०२६ नम्बरको बस ठोक्किँदा बसमा रहेका सर्लाही मुलुङगा घर भई काठमाण्डूको तिलगंगा बस्दै आएका ७१ वर्षका शम्भू परियारको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएकी शम्भूकी श्रीमती रिता र सर्लाही ढुंग्रेखोलाका डम्बर श्रेष्ठको ललितपुरको ग्वार्कोमा रहेको बिएण्डबी अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना पछि फरार रहेका बसका चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ । यस्तै बिहान साढे ३ बजेतिर काठमाण्डूकै बल्खुमा टिप्परको ठक्करबाट माइक्रोबसका चालकको ज्यान गएको छ । बा ४ ख ९५७५ नम्बरको टिप्परले बा १ ज ८८५५ नम्बरको माइक्रोलाई ठक्कर दिँदा घाइते भएका सिन्धुपाल्चोकका ६४ वर्षका बाबुकाजी श्रेष्ठको वयोधा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि फरार रहेका टिप्पर चालकको खोजी भैरहेको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *