२९५ किलो लागु औषध गाँजासहित एक जना पक्राउ

असोज १६ –  नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ईन्धन बोक्ने ट्याङ्करमा लुकाई ओसारपसार गरिरहेको अबस्थामा २९५ किलो लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । ब्युरोले मंगलबार पत्रकार सम्मेलन गर्दे चितवनबाट हेटौंडातर्फ गइरहेको इन्धन बोक्ने ट्यांकरमा उक्त परिमाणको लागु औषध फेला परेको जनाएको हो । मकवानपुर जिल्लाको मनहरी रमनटारमा असोज १६ गते बिहान चेकजाच गर्दा ना ४ खा ३९६९ नंवरको ट्याङरको चेम्वरमा लागु औषध गाँजा फेला परेको ब्युरोका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिनुभयो । ट्यांकर र गाँजासँगै चालक प्रल्हाद ठकुरी पनि पक्राउ परेका छन् । बरामद भएको गाँजाको बजार मूल्य करिब ४५ लाख रुपैयाँ रहेको पोखरेलले जानकारी दिनुभयो ।  पक्राउ प्रतिवादी उपर जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *