११ करोड मूल्य बराबरको ब्रुमर प्रयोगमा ल्याउने

असोज ५ – काठमाडौँ महानगरपालिकाले शहरको धुलो सफा गन ११ करोड मूल्य बराबरको ब्रुमर यन्त्र प्रयोगमा ल्याउने भएको छ । ब्रुमर यन्त्र झिकाउन बोलपत्र आह्वान गरेको महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ढिलोमा मङ्सिरदेखि काठमाडौँको फोहर ब्रुमरले सफा गर्नेछ । ब्रुमर खरिदका लागि ६ वटा आशयपत्रका निवेदन परेको छ । महानगरपालिकाले कुचोले बढारेर धुलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको छ । यसैबीच काठमाण्डू महानगरपालिकाले शहर सफा गर्न गएको हप्तादेखि पाँच वटा ठूला यन्त्र सञ्चालनमा ल्याएको छ । विश्व सरसफाइ दिवसको अवसर पारेर ती यन्त्र प्रयोगमा ल्याइएको हो ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *