असोज २ – सङ्घीय संसद्का दुवै सदनले मौलिक हक कार्यान्वयनसित सम्बन्धित १६ विधेयकलाई समय सीमाअगावै पारित भएको जनाएको छ । सङ्घीय संसद अन्तर्गतको प्रतिनिधीसभा र राष्ट्रिय सभाले संयुक्त रुपमा मंगलबार संसद सचिवालयमा पत्रकार सम्मेलन गर्दे मौलिक हक कार्यान्वयनसित सम्बन्धी १६ विधेयक सदनले पारित गरी राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाईएको जनाएको हो । पत्रकार सम्मेलनमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले विधेयक पारित गराउन सरकार, राजनीतिक दलको सहयोगप्रति विशेष धन्यवाद दिनुभयो । आवश्यक सबै प्रक्रिया पूरा गरी विधेयक पारित भएको उहाको भनाई छ । पत्रकार सम्मेलनमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले मौलिक हकसित सम्बन्धित विधेयक पारित गराउन सङ्घीय संसदले प्राथमिकता दिएको जानकारी दिँदै बाँकी विधेयक पनि पारित गर्दै जाने जानकारी दिनुभयो । फरक प्रसंगमा उहाले राष्ट्रियसभा अध्यक्षले बैठक सञ्चालनमा लापरवाही गरेको भन्ने समाचार आएको भन्दै राष्ट्रियसभा उपाध्यक्षको भूमिकाका बारेमा अध्ययन गर्न सुझाव दिनुभयो । त्यस्तै उहाले आफ्नो कार्यालय निर्माणमा आफुले दवाव दिएको समाचारप्रतिपनि आपत्ती जनाउनुभयो ।

उहाले राष्ट्रियसभाका लागी कार्यालय नभएका कारण निर्माणका लागी सचिवालयलाई आग्रह गरेको तर कार्यालयमा राखिने सामान र अन्य पूर्वाधारका लागी आफुले कुनै दवाव नदिएको स्पष्ट पार्नुभयो ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *