असोज १९ – काठमाडौंको फर्पिङ्गमा हरिशंकर जात्रामा आज मूल जात्रा हुँदैछ ।  हरिशंकर जात्रा अन्तर्गत आश्विन कृष्ण एकादशीको दिनलाई मूलजात्रा भनिन्छ। यो दिन कोछुटोलमा बनाइएको तिलविक्रमेश्वर(कुमारी) को रथ अगाडि चक्र पूजा गर्ने गरिन्छ जसलाई जात्राको विशेषरुपमा लिन सकिन्छ । यस रातको जात्रामा भूत, प्रेत, पिशाच आदिले यात्रामा विघ्न वाधा नगरुन् भनी पशुपति मृगस्थली गोरक्ष पीठका पीर महन्तद्वारा सो मन्दिर अगाडी चक्र पूजा गरिन्छ । चक्र पूजा गर्दा अवीर, केशरी र चामलको पीठोको रेखी हाली त्रिशुल र चक्रको आकार बनाईन्छ र जाँडले भरिएको ९ वटा घ्याम्पाहरु राखेर भैरवको आराधना गरी राँगो र कुखुरा बलि दिएर तन्त्रोक्त विधिपूर्वक चक्र पूजा गरिन्छ ।  अहिले हरिशंकर मन्दिरमा भक्तजनको घुँइचो लागेको छ । फर्पिङ्गमा हरिशंकर सहितगोपालेश्वर र शेषनारायणको पनि रथ जात्रा हुने गर्दछ । जात्रामा नकेश्वर (दक्षिणकाली) , अघोरेश्वर (नीलबाराही) नन्दिकेश्वर (इन्द्रायाणी)लगायत सात वटा देवदेवीका रथ यात्रागरिने चलन छु । गएको ४ गतेदेखि शुरु जात्रा भोली सकिनेछ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *