असोज १८ – आज स्वर सम्म्राट नारायण गोपालको जन्मजयन्ति हो । नारायण गोपालको जन्म वि.सं १९९६ साल असोज १८ गते बाबु आशागोपाल गुरुवाचार्यको तथा आमा रामदेवी गुरुवाचार्यको कोखबाट काठमाडौंको किलागलमा भएको हो । उहाँको पूरा नाम नारायण गोपाल गुरुवाचार्य हो । उहाँले २०१७ सालमा रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गराएर सांगीतिक यात्राको आरम्भ गर्नुभएको थियो । उहाँको झण्डै पाँचसय गीत रेकर्ड छ । म मरे पनि मलाई मेरो देशको माया छ, स्वर्गकी रानी मायाँकी खानी नजाऊं तर्केर, बिर्सेर फेरी मलाई नहेर, एउटा मान्छेको मायाँले कति फरक पर्दछ, जिन्दगीमा लगायतमा गीत चर्चित छन् । उहाँका गीतहरू नेपाली चलचित्र तथा नाटकमा पनि प्रयोग गरिएका छन् । मधुमेह रोगका कारण उहाँको २०४७ मंसिर १९ मा निधन भएको थियो । उहाँको गीत अजर अमर मानिन्छ ।

Facebook Comments
मनोरञ्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *