स्वरसम्राट नारायण गोपालको २८ औं स्मृति दिवस

मंसिर १९ – आज स्वरसम्राट नारायण गोपालको २८ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको हो । विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गायर स्वर परीक्षा पास गर्नुभएका नारायण गोपालले एक सय ३६ भन्दा धेरै गीत गाउनु भएको छ । उहाँले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाउनुभएको छ । उहाँले गाएका म त लाली गुराँस भएछु, एउटा मान्छेको मायाले कति, लौ सुन म भन्छु मेरो राम कहानी लगायतका गीत अहिले पनि उत्ति नै रुचाइएका छन् । नारायण गोपालको सम्झनामा नारायण गोपाल संगीत कोषले उहाँको निवास महाराजगञ्जको मिलिजुली टोलमा आज दिउँसो २ बजे विशेष कार्यक्रम गर्दैछ । यसैबिच नारायण गोपाल संगीत कोषले यस वर्षको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कारबाट आज डा. दीर्घ सिंह बम, निर शाह, डा विश्वम्वर प्याकुरेल र दिनेश अधिकारीलाई सम्मान गर्दैछ ।

Facebook Comments
मनोरञ्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *