सार्वजनिक सवारी साधनमा चोरी, पाकेटमारी गर्ने ७७ जना पक्राउ

पुस ४ प्रहरीले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा चोरी तथा पाकेटमारी गर्ने ७७ लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट सादा पोसाकमा खटिएको ५० जनाको विषेश टोलीले ७७ जना पकेटमार तथा चोरहरुलाई पक्राउ गरेको हो । परिसरले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे ७७ जना पकेटमार तथा चोरहरुलाई सार्वजनिक गरेको हो । पक्राउ परेकाहरु मध्ये अधिकांश पुरुष छन् भने केहि महिला पनि रहेका छन् । पत्रकार सम्मेलनमा प्रमुख एसएसपी वसन्त लामाले उनीहरुको साथबाट पाँच लाख छयानब्वे हजार रुपैयाँसमेत बरामद गरेको जानकारी दिनुभयो । त्यस्तै, ३९ वटा मोबाइल, ४ वटा आइप्याड र ५ वटा ल्यापटप बरामद भएको छ । यात्रुको भिडभाड हुने समयमा पाकेटमार चोरी गर्ने गरेको उहाले बताउनुभयो । पाकेटमारहरुले सार्वजनिक सवारी समूह बनाएर कोड भाषा प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको लामाले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महांघका महासचिव सरोज सिटौलाले सार्वजनिक यातायातमा हुने अपराधका घटनालाई न्युनिकरण गर्न आफुहरु सदैव प्रहरीसंग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । काठमाडौं उपत्यकामा मात्रकरिव ५ सय पकेटमारहरु रहेको प्रहरीले जनाएको छ । सार्वजनिक सवारीमा यात्रा गर्दा कोड भाषा बोलिएको सुनिएमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *