‘सडकको भिडले नभई सरकारले निर्मला तथा अन्य छोरीचेलीलाई न्याय दिन्छ’

पुस २२ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दललाई सहकार्यका लागि आव्हान गर्नुभएको छ । प्रतिनिधि सभामा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई अप्ठ्यारोमा नपार्न आग्रह समेत गर्नुभयो । त्यसैगरी प्रधानमन्त्री ओलीले समृद्धि अभियानमा प्रतिपक्षीलाई साथ दिन आग्रहसमेत गर्नुभयो । प्रधानमन्त्री ओलीले मुलुक निर्माणमा सहभागी हुन प्रतिपक्षलाई पनि आह्वान गर्दै त्यसका लागि जस्तोसुकै निर्णय गर्न सरकार तयार रहेको बताउनुभयो । अब पनि यो देशको विकास नहुने हो भने कहिले पनि नहुने भन्दै उहाँले देशको विकासमा सबै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै त्यसको प्रभावकारी कार्यान्वयन र आर्थिक प्रगतिको दिशामा अघि बढ्नु सरकारको कार्यभार रहेको उल्लेख गर्नुभयो । समृद्ध नेपाल, सुखी नेपाली’को सपना देख्नु अपराध नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सत्ता सञ्चालनको जिम्मा पाएकोले उक्त भिजन लागू गर्ने प्रयत्न गर्नु आफ्नो कर्तव्य भएको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले आफै नबोल्ने, केही नगर्ने र कुनै प्रतिवाद नगर्ने राष्ट्रपतिमाथि हमला गरेको भन्दै आक्रोश पोेख्नुभयो । उहाले प्रहरी तालिम केन्द्र सम्बन्धी निर्णय पनि अहिलेको नभएई धेरै अघिको भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सडकको भिडले नभई आफूले नेतृत्व गरेको सरकारले निर्मला तथा अन्य छोरीचेलीलाई न्याय दिने बताउनुभयो ।

गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा यस आर्थिक वर्षको राजस्व संकलनमा ३२ प्रतिशत वृद्धि भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको ५ महिनामा पूँजीगत खर्चको वृद्धिदर २५.३३ प्रतिशत रहेको जानकारी दिनुभयो । यसैगरी, सरकारी खर्च ३४ प्रतिशतबाट १४ प्रतिशतमा झरेको, गतवर्षको तुलनामा मूल्य बृद्धि घटेको, गतबर्षको मूल्य बृद्धि ४.२ प्रतिशत रहेको र यस वर्ष ३.७ प्रतिशत मात्र रहेको प्रधानमन्त्रीले तथ्यांक प्रस्तुत गर्नुभयो । प्रधानमन्त्रीले यसवर्ष आर्थिक वृद्धिदर ८ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको बताउनुभयो ।

Facebook Comments
HOMELAND

Leave a Reply

Your email address will not be published. Required fields are marked *