सङ्गीत तथा नाट्य प्रतिष्ठानमा रायन ,  नाफामा केके कर्माचार्य नियुक्त

पुस १७ – सरकारले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठानको कुलपतिमा नारायणभक्त श्रेष्ठ रायनलाई नियुक्त गरेको छ । प्रतिष्ठानको उपकुलपतिमा हरिहर शर्मा र सदस्य सचिवमा श्यामप्रकाश तमोटलाई नियुक्त गरिएको छ । यस्तै, प्राज्ञ परिषद् सदस्यमा हरिदेवी कोइराला, नमूना शर्मा, धीरेन्द्र पे्रमर्षी, अशोककुमार राई, निशा पोखरेल र मेघराज नेपाल मञ्जु) नियुक्त हुनुभएको छ । यस्तै, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा कान्छाकुमार कर्माचार्य , उपकुलपतिमा गोपाल चित्रकार र सदस्य सचिवमा विपीनकुमार घिमिरे नियुक्त हुनुभएको छ भने प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यमा रमेशनाथ खनाल, मिथिला देवी, सुष्मा राजभण्डारी, लालकाजी लामा, बुद्धिबहादुर गुरुङ र धर्मराज शाक्यलाई नियुक्त गरिएको छ । उहाँहरुको कार्यकाल चार वर्षको हुनेछ ।

Facebook Comments
मनोरञ्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *