असोज ३ – नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भएको छ । संविधान जारी भएको दिनको सम्झनामा आज विशेष कार्यक्रम गरी राष्ट्रिय दिवस मनाईंदै छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिलेसैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटले कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी, प्रदर्शन, काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ । समारोहमां प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु हुनेछ । त्यसैगरी विदेशमा रहेका नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम र दीपावली गरिने छ । संविधान सभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको चुनाव भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना पुगेको छ । लामो समयको सङ्घर्षबाट नागरिकले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासन र विकासका जनआकाङ्क्षालाई सम्बोधन गर्नु सरकारका लागि चुनौतीको विषय बनेको छ ।

Facebook Comments
HOMELAND

Leave a Reply

Your email address will not be published. Required fields are marked *