वैदेशिक रोजगारी सम्बन्धी सबै सूचना मोबाइल एप्सबाटै उपलब्ध

भाद्र २५ – सरकारले वैदेशिक रोजगारी सम्बन्धी सबै सूचना मोबाइल एप्सबाटै उपलब्ध गराउने भएको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सिंहदरबारमा पत्रकार सम्मेलन मार्फत वैदेशिक रोजगारी सम्बन्धी सबै सूचना प्राप्त हुने मोबाइल एप्स सार्वजनिक गर्नुभएको हो । मन्त्री विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन एप्स ल्याएको बताउनुभयो । एप्सबाट डिमाण्ड लेटरलाई दुताबासका कर्मचारीले प्रमाणित गरेर श्रम कार्यालयमा पठाउनेछन् । त्यस्तो जानकारी सबैले मोबाइल एप्सबाटै प्राप्त गर्न सक्ने मन्त्री बिष्टले बताउनुभयो । सोही एप्सबाट वैदेशिक रोजगार व्यवसायीले लिएको सेवा शुल्क, स्वास्थ्य परिक्षण गर्ने डाक्टर लगायतका विवरण पनि आउनेछ । सोमबारबाट सुरु भएको एप्सको पुर्ण कार्यान्वयन भने असोज १५ गतेबाट मात्रै हुने मन्त्री बिष्टले जानकारी दिनुभयो । उहाले बैदेशिक रोगजारीमा ठूलो जनसंख्या क्रियाशिल रहेको अबस्थामा सरकारले सार्वजनिक गरेको एप्सबाट यस क्षेत्रमा देखिएको समस्या समाधान गर्न मद्धत पुग्ने बिश्वास व्यक्त गर्नुभयो । उहाले बैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित बनाउन बिभिन्न पक्षसंग छलफल पनि गरेको जानकारी दिनुभयो ।

उक्त एप्सबाट अब व्यक्तिले नै डिमाण्ड लेटर हेरेर आफु कुन मेनपावर कम्पनी मार्फत विदेश जान चाहेको हो सो छनौट गर्न सक्न मन्त्रालयले जनाएको छ ।

Facebook Comments
देश बाहिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *