मंसिर १४ – शुरुदेखि नै विवादमा मुछिएको एसिया प्यासिफिक समिट आजदेखि काठमाडौंमा शुरु हुँदैछ । ४५ देशका विशिष्ट व्यक्तिसहित १५ सय जना सहभागी हुने दाबी गरिएको सम्मेलन काठमाण्डूको एउटा पाँचतारे होटलमा शुरु हुन लागेको हो । युनिभर्सल पिस फेडेरेसन नामक धार्मिक गैरसरकारी सँस्थाको आयोजना रहेको सम्मेलनमा सहभागी हुन ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख, १० जना पूर्वराष्ट्रप्रमुख र सरकारप्रमुख, लगायत उपस्थित भएका छन् । सम्मेलनका कारण काठमाडौको सुरक्षाब्यवस्था कडा पारिएको छ । उनीहरुको सुरक्षाका लागि झण्डै ३५ सय सुरक्षाकर्मी खटिएका गृह मन्त्रालयले जनाएको छ । चार घेराको सुरक्षाको नेतृत्व नेपाली सेनाले गर्दै छ । सेनाले नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गर्नेछ । सुरक्षा व्यवस्था बिमस्टेककै सरह हुने सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताउनुभयो । आउँदो सोमबारसम्म चल्ने सम्मेलनमा राजनीतिक, धार्मिक, शान्ति, विकास, सुशासन र सांसदको भूमिका, अन्तरधार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चारमाध्यमको भूमिकालगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ । गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रम भएपनि सम्मेलनका सहभागिका लागि सरकारले ५५ लाख रुपैया बजेट छुट्याएको छ ।

Facebook Comments
HOMELAND

Leave a Reply

Your email address will not be published. Required fields are marked *