लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि

मंसिर ९ –  ‘लैङ्गिक हिंसा र दुर्व्यवहार: छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आज सुरु हुँदैछ । हरेक नोभेम्वर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ । अभियानको क्रममा विभिन्न संघसंस्थाले पदयात्रा, अन्तत्र्रिmया, गोष्ठी, सार्वजनिक सुनुवाई र सञ्चारमाध्यममा चेतनामूलक कार्यक्रम गर्दैछन् । लैङ्गिकताको आधारमा हुने सबै प्रकारका हिंसा र अपराध अन्त्य गर्न यो अभियान सुरु भएपनि लैगिंक हिंसाका घटना भने रोकिएका छैनन् । विश्वमा सन् १९९१ देखि र नेपालमा २०५४ सालदेखि अभियान शुरु गरिएको हो । अभियानका क्रममा दुई दिनसम्म सातै प्रदेशका, प्रदेशसभा सांसद, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सामाजिक विकास मन्त्रालयका मन्त्री, सचिव र सरोकारवाला निकायसँग अन्तक्र्रिया गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ । साझा यातायातले सार्वजनिक यातायातमा हुने यौन हिंसा विरुद्ध हिजोदेखि नै अभियान शुरु गरेको छ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *