रोबोर्टसहितको अन्तरिक्ष यान  मंगल ग्रहमा

मंसिर ११ – अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहको विस्तृत अध्ययनका लागि पठाएको रोबोर्टसहितको अन्तरिक्ष यान इनसाइट मंगल ग्रहमा पुगेको छ । रेड प्लानेटको सतहमा पुगेको इनसाइट ल्याण्डर यानको रोबोर्टले ग्रहको भित्री क्षेत्रका बारेमा अध्ययन गर्नेछ । पृथ्वीपछि पहिलोपटक अरु कुनै ग्रहको यस्तो अध्ययन हुन लागेको हो । अन्तरिक्षयानले मंगल ग्रहको जमिन र आन्तरिक भाग बारे अध्ययन गर्नेछ । यो यानले मंगल ग्रहको अवस्थाबारे जानकारीसँगै त्यहाँको तस्विर पठाउने बैज्ञानिकले बताएका छन् । यो यानको सहयोगले अरबौं वर्ष पुरानो तथ्य तथा जानकारी मिल्ने अनुमान गरिएको छ । यस्तै मंगल ग्रहमा पृथ्वीमा जस्तो भूकम्प जाने नजाने बारेमा पनि पत्ता लाग्ने वैज्ञानिकले बताएका छन् ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *