असोज २५ – रसियाको कृषि फर्ममा काम लगाईदिन्छु भन्दै ठगेको आरोपमा ३ जना ललितपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भई अहिले ललितपुर च्यासल बस्ने राजु तामाङ, लतिपुर नै स्थायी घर घएका ज्ञान गोविन्द बैद्य र सिन्धुपाल्चोक घर भई काठमाण्डै महानगरपालिका ३२ नरेफाँट बस्ने जगतबहादुर श्रेष्ठ छन् । उनीहरुले रसियामा आफूहरुको मेडिना नाम गरेको कृषिफर्म रहेको भन्दै त्यहाँ लगेर काम लगाइदिने आश्वासन दिएर ठगेका प्रहरीको दावी छ । उनीहरुले ३९ जनाबाट ४५ लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *