मेलम्ची खानेपानीको काम तीन हप्तादेखि ठप्प

पुस २३ – मेलम्ची खानेपानीको काम तीन हप्तादेखि ठप्प भएको छ । मुख्य ठेकेदार कम्पनी इटालीको सीएमसीले बाँकी काम अघि बढाउन नसक्ने घोषणा गरेपछि काम ठप्प भएको हो । यसैबिच, समस्या समाधानका लागि बार्ता गर्न ठेकेदार कम्पनी सिएमसिका प्रमुख कार्यकारी अधिकृत पाओली पोर्सेली सहितको टोली भोली नेपाल आइपुग्ने भएको छ । टोली इटालीबाट आज भारत आइपुग्ने र भोली राजदुतलाई पनि सँगै लिएर काठमाडौ आइपुग्ने जानकारी गराएको छ । उनीहरु आएपछि बाँकी काम कसरी अघि बढाउने लगायत विषयमा निर्णायक वार्ता हुने मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले जानकारी दिनुभयो । यसबिचमा सरकारले ठेकेदार कम्पनीको ठेक्का रकम जफथ गरेको छ । सरकार र सीएमसीबीच लामो समयदेखि क्षतिपूर्ति विवाद चल्दै आएको छ । तीन वर्षभित्र सम्पन्न गरिसक्ने गरी ७ अर्ब ७२ करोडमा लागतमा २०७० असार ३१ गते मेलम्ची आयोजनाको सम्झौता भएको थियो ।

Facebook Comments
SOCIETY

Leave a Reply

Your email address will not be published. Required fields are marked *