असोज १२ – हाम्रो प्रण: स्वस्थ मुटु भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाईदै छ । यो दिवस हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा मनाउने गरिन्छ । विश्व हृदय महासंघ र विश्व स्वास्थ्य संगठनले सन् १९९९ सेप्टेम्बर २९ तारिखमा यो दिवस मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो । विश्वभरी नै शहरीकरण, अव्यवस्थित खानपान, मानिसको जीवनशैलीमा आएको परिवर्तनले गर्दा मुटुसम्बन्धी विभिन्न जटिलता देखिएको डाक्टरले बताएका छन् । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने अनुमान गरेको छ । यस्तै नेपाल लगायतका विकासोन्मुख देशमा हृदयघात भएर मर्नेको संख्या ३५ प्रतिशत भन्दा बढी पुग्ने अनुमान गरिएको छ । नेपालमा अहिले २५ प्रतिशत अर्थात झण्डै ७५ लाख नागरिक कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित रहेका सरकारी तथ्याङक छ । मुटु रोगीको संख्या नेपालमा १० वर्ष यता ५ गुणाले बढेको हो । नेपालमा कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुका रोगर उच्च रक्तचाप प्रमुख समस्याका रुपमा देखिएका डाक्टरले बताएका छन् । विश्व मुटु महासंघका अनुसार विश्वभर वर्षेनी १ करोड ७५ लाख मानिसहरु मुटुको रोगबाट मर्ने गर्दछन् । यी मध्ये विकासोन्मुख र अविकसित देशमा वर्षेनी मुटु रोगबाट मर्नेको संख्या यसको ८० प्रतिशत भन्दा बढी पर्न आउछ । जसअनुसार विकसित देशमा झण्डै ५० प्रतिशत र विकासोन्मुख देशमा २५ प्रतिशत पुगेको छ । १० वर्षअघिसम्म ५० वर्ष नाघेपछि मात्र मुटुसम्बन्धी समस्या देखिने गरेकोमा अहिले युवा अवस्थामै मुटु सम्बन्धी समस्या देखिन थालेको डाक्टरले बताएका छन् ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *