साउन २२ – आगामी भाद्रको दोश्रो साता काठमाडौंमा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडी (बिमेष्टेक) बैठकलाई मध्यनगर गर्दे काठमाडौ उपत्यकामा तार व्यवस्थापनको कार्यको सुरुवात गरिएको छ । काठमाडौ महानगरपालीका , नेपाल बिद्युत प्राधिकरण , नेपाल टेलिकम , ईन्टरनेट सेवा प्रदायक संघ , नेपाल केवल टेलिभिजन महासंघ लगाएतको सहकार्यमा पहिलो चरणमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलदेखि चूच्चेपाटीको ह्यात होटलसम्म र अन्तराष्ट्रिय बिमानस्थलदेखि सोल्टीमोडको होटल सोल्टीसम्मको सडकको तार व्यवस्थापन कार्य सुरु गरिएको हो । टेलिफोन, ईन्टरनेट विद्युत र केबलका तार बाहिर छरपष्ट अबस्थामा रहेको र यसका कारण शहरको सौन्दर्यता बिग्रिएको र यसले बिमेष्टेकमा सहभागी हुन आउने बिदेशी पाहुनामा नकारात्मक असर पर्ने भएकाले तार व्यवस्थापनको कार्य सुरु गरिएको महानगरपालीकाले जनाएको छ । नेपाल केवल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले अहिले बिमानस्थल केन्द्रीत तार व्यवस्थापनको कार्य सुरु गरिएको बताउनुभयो । यसअघि पहिलो चरणमा माईतिघर क्षेत्रबाट तार व्यवस्थापनको कार्य सम्पन्न गरिएको थियो ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *