बालाजु वाइपासमा ट्रिपर पल्टिंदा सडकपेटीमा चिया बेचिरहेका दलबहादुर बिसुंखेको मृत्यु

पुस १३ – काठमाडौंको बालाजु वाइपासमा ट्रिपर पल्टिंदा सडकपेटीमा चिया बेचिरहेका दलबहादुर बिसुंखेको ज्यान गएको छ । दुर्घटनामा दलबहादुरकी श्रीमती सानोनानी र नुवाकोट ककनीका प्रज्ञारत्न लामा  घाइते हुनुभएको छ । माटो बोकेर धर्मस्थलीबाट माछापोखरीतर्फ गइरहेको ना ७ ख ७००५ नम्बरको ट्रिपर पल्टिंदा ठेलागाडामा चिया बेच्दै आएका धादिङको धुनिवेशी नगरपालिकाका दलबहादुर बिसुंखेको ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेहरुको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । ट्रिपर पल्टिंदा चारवटा ट्याक्सी र चिया बेच्ने ठेलागाडामा लागेको प्रत्यक्षदर्शीले बताएका छन् । चिया खान ठेलागाडा नजिकै रोकिएका ट्याक्सी चालकहरुले भने भागेर ज्यान जोगाएका छन् । ट्रिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *