असोज २६ – बसको ठक्करबाट काठमाण्डूको गौशालामा एकजना पैदलयात्रुको ज्यान गएको छ । बा ३ ख ५२२५ बसले ठक्कर दिंदा, सडकपेटीमा हिंडिरहेकी अन्दाजी ४५ वर्षकी महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा मेडिकल कलेज सिनामंगलमा गएराति ज्यान गएको र उहाँको परिचय अझै खुलीनसकेको पनि प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *