भाद्र २९ –  समुद्री आँधी फ्लोरेन्सले ल्याएको हुरीले अमेरिकाको उत्तर र दक्षिणी क्यारोलिनामा प्रभाव पार्न थालेको छ । मौसम विग्रन थालेपछि उत्तर क्यारोलिनाका १ लाख भन्दा बढी घरमा बिद्युत आपूर्ति बन्द भइसकेको बिबिसीले जनाएको छ । यो आँधीका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम रहेको त्यहाँको मौसमविद्ले अनुमान गरेका छन् । आँधीका कारण धेरैको ज्यान जाने चेतावनी समेत दिइएको छ । आँधीबाटा जोगिनका लागि जोखिमयुक्त क्षेत्रका लाखौँ मानिसहरु केही दिनदेखि सुरक्षित स्थानमा जाने क्रम चलिरहेको छ । उत्तर क्यारोलिना, दक्षिण क्यारोलिना र भर्जिनियासहितका १७ लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ । अहिलेसम्म १४ सय भन्दा बढी उडान रद्द गरिएका छन् । जर्जिया, मेरिल्याण्ड, भर्जिनियासहितका राज्यमा आपतकाल पनि घोषणा गरिएको छ ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *