कार्तिक १० – फोहोर बाल्दा निस्कने धुँवा वातावरण प्रदूषित गर्ने मुख्य कारण भएको एक अध्ययनले देखाएको छ । क्लिन इनर्जी नेपाल नामक संस्थाले केही समय अगाडी गरेको अध्ययनमा उपत्यकामा वायु प्रदूषणको मुख्य कारण फोहोरमा आगो बाल्दा निस्कने धुवाँ रहेको निष्कर्ष निकालेको हो । क्लिन इनर्जी नेपालले केही समय अगाडी गरेको अध्ययनमा बायु प्रदूषणको मुख्य कारण प्लाष्टिकजन्य बस्तु जलाउदा निक्लने धुँवा भएको क्लिन इनर्जी नेपालका कार्यक्रम प्रवन्धक राजन थापाले बताउनुभयो । ‘उपत्यकामा सबैभन्दा ठूलो समस्याका रूपमा रहेको फोहोरको व्यवस्थापन हुन नसक्दा फोहोरमा स्थानीयबासिन्दाले आगो लगाउने गरेका छन् । मिश्रीत फोहोरबाट निष्कने धुँवा सबैभन्दा बढी हानिकारक हुने गरेको थापाले बताउनुभयो । यस्तै, फोहोरबाट गन्ध आएपछि त्यसमा लगाइने आगोका कारण फोहोरमा मिसिएको प्लास्टिक जल्ने र त्यसले मानव स्वास्थ्यमा सबैभन्दा बढी असर गर्ने गरेको पनि उहाँको भनाई छ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *