पाठेघर मुखको क्यान्सरसम्बन्धी अन्तराष्ट्रिय कार्यशाला गोष्ठि  ललितपुरमा

कार्तिक १५ – पाठेघर मुखको क्यान्सरसम्बन्धी अन्तराष्ट्रिय कार्यशाला गोष्ठि बिहीबारबाट ललितपुरमा सुरु भएको छ । कार्तिक १७ गतेसम्म सञ्चालन हुने तीन दिने गोष्ठिमा नेपालमा महिलाहरुमा हुने पाठेघर मुखको क्यान्सरको न्युनिकरण र जनसचेतना लगाएतका बिषयमा छलफल हुने छ । नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पताल र अमेरिकन सोसाईटि अफ क्लिनिकल ओक्कोलोजीको संयुक्त आयोजनामा सुरु कार्यशाला गोष्ठिमा बिश्वकार १३ जना सिनियर क्यान्सर विशेषज्ञ तथा नेपालका २७ जना क्यान्सर बिशेषज्ञहरुको सहभागीता रहेको छ ।

क्यान्सर विशेषज्ञहरुले नेपालका विभिन्न अस्पतालका करिव दुई सय चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई पाठेघर मुखको क्यान्सरसम्बन्धी प्रशिक्षण गराउने आयोजकले जनाएको छ । भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्राध्यापक डाक्टर ऋषिकेश नारायण श्रेष्ठले पाठेघर मुखको क्यान्सरबाट बच्नका लागी खोप तयारी भईरहेको अबस्थामा यसको प्रभावकारीताका बारेमा गोष्ठिमा छलफल हुने बताउनुभयो । पाठेघर मुखको क्यान्सर हुन नदिनका लागी सचेतना आवश्यक पर्ने भएकाले स्वास्थ्यकर्मीलाई प्रशिक्षण गराउन लागीएको उहाको भनाई छ । नेपालमा महिलाहरुमा हुने पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा आउने तथ्याड्ढबाट देखिएको छ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *