असोज २४ –  ललितपुरको पाटनमा आजदेखि गंप्याख भनिने अष्टमात्रिका नाच प्रर्दशन गरिदैछ । आज नाच देखाउनको लागि नाच हिजो बेलुकी नाटेश्वरको पुजा गरिएको थियो । आजदेखि दिनहँु बेलुकीतिर पाटनको नकबहिलबाट शुरु भएर धलायचा, क्वाल्खु हुँदै पाटन दरबारको मूलचोकमा पुगेर नाच सकाउने चलन छ । घटस्थापनाको दिन विहान मुखौटा नलगाएर देव गण निस्किएने परम्परा छ भने बेलुकी पंचताल बाजा सहित १३ जना देवदेवी मुखौटा लगाएर बाटोभरी नाचेर मंगलबजार दरबार क्षेत्रको मूलचोकमा गएर नाच देखाउने गरिन्छ । अष्टमात्रिका नाच चारदिन मूल चोकमा देखाए पछि कात्तिक दबलीमा देखाउने गरिन्छ । हरेक वर्ष पाटनमा अष्टमात्रिका नाच घटस्थापनाबाट शुरु भएर दशमीका दिन सकाउने परम्परा छ । ३०० वर्ष भन्दा अघि त्यस बेलाका राजा श्रीनिवास मल्लले मूलचोकमा अष्टमात्रिका गण नाचेको देखेपछि नाच शुरु गरेको भनिन्छ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *