पुस २१ – काठमाडौंको नौतले दरबारमा रहेका तीन टावरमध्ये एउटाको काम सकिएको छ । अरु दुईवटाको काम भैरहेको छ । दरबारको छैटौँ तलामाथिको भाग, पूर्व र उत्तरपूर्वमा रहेका टावर निर्माण र जिर्णोद्धारको काम थालेको तीन महिना भएको छ । बसन्तपुरमा रहेको नौ तले दरबारको ललितपुर टावरको काम सकिएको हो । कीर्तिपुर टावरको आवश्यक मर्मत सम्भार भइसकेको छ भने भक्तपुर टावरको पनि झण्डै ५० प्रतिशत काम सकिएको चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज सीएसीएचले जनाएको छ । सीएसीएचले गएको असोजबाट काम सुरु गरेको हो । नौतले दरबारमा दैनिक ५० जना सिकर्मी डकर्मीले काम गर्दै आएका छन् । जिर्णोद्धारका क्रममा अब काठका कामहरू बाँकी रहेका छन् । काठका आकर्षक बुट्टासहितका झ्याल ढोका, टुँडालयुक्त सम्पदामा ७५ प्रतिशतसम्म पुरानै काठको पुनप्रयोग गरिएको छ ।

Facebook Comments
HERITAGE/CULTURE

Leave a Reply

Your email address will not be published. Required fields are marked *