फागनु ३० – नेपालमा ३० लाख जनालाई मृगौलाको समस्या रहेको पाइएको छ । विश्व स्वाथ्य संगठनको तथ्याँक अनुसार औषतमा १० प्रतिशत नागरिकलाई मृगौलाको समस्या देखिएको बताएकाले त्यसलाई आधार मान्दा नेपालमा ३० लाख जनालाई मृगौलाको समस्या रहेको मृगौला विषेशज्ञ डाक्टर ऋषिकुमार काफ्लेले बताउनुभयो । नेपालका विभिन्न अस्पतालमा अहिलेपनि ४५ सय भन्दा धेरै ब्यक्ति डायलासिस गरिरहेका र मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको संख्या १३ सय नाघेको पनि डाक्टर काफ्लेले बताउनुभयो । मिर्गौलाले पिसाब बनाउनुका साथै रगत शुद्धीकरण गर्ने, शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पु्याउँछ । तर मृगौलामा खराबी आउँदा यी काम बन्द हुने उहाँले बताउनुभयो । यसैबिच, तीन लाख मानिसलाई मृगौला बिग्रेको थाहा नै नहुने मृगौला रोग विषेशज्ञले बताएका छन् । आनीबानी र खानपानका साथै जीवनशैली स्वस्थकर नहुँदा मिर्गौला बिग्रनेको संख्या बढेको उनीहरुको भनाई छ । खुट्टा सुन्नीने, बिहान उठ्दा आँखाको डिल सुन्निने, पिसाब धमिलो आउने र राती सुतिसकेपछि पनि पटकपटक पिसाब आएमा मृगौलाको लक्षण हुन सक्ने भएकाले सावधान रहन पनि डाक्टरले सचेत गराएका छन् । मृगौला रोग लाग्नै नदिन स्वस्थ खाना खाने, नियमित व्यायाम गर्ने, फलफूल एवं आवश्यक मात्रामा पानी पीउन पर्ने र बेलाबेला चाँच गर्नुपर्ने पनि उनीहरुको भनाई छ । समय समयमा जाँच गराएर मृगौला सम्बन्धि समस्याबाट जोगिन सकिने मृगौला रोग विशेषज्ञ डाक्टर पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो। आज विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदैछ ।



Facebook Comments
loading...
BANNER, SOCIETY

Leave a Reply

Your email address will not be published. Required fields are marked *