असोज २२ – नेपालमा नसर्ने रोगको जोखिम बारे अनुसन्धान सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोगको जोखिम बढ्दै गएकाले यसलाई प्रभाव पार्ने तत्वको अवस्था पत्ता लगाउन अनुसन्धान थालेको हो । परिषद्का अनुसन्धान अधिकृत सरोज भट्टराईले उच्च रक्तचाप, नूनको मात्रा, चिल्लो पदार्थलगायत कुन तत्वले नसर्ने रोगलाई बढी प्रभाव पारेको छ भनेर अनुसन्धान थालिएको जानकारी दिनुभयो । प्रारम्भिक चरणमा अहिले घरधुरी सर्वेक्षणका लागि २४ समूहमा टोली परिचालन गरिएको छ । सन् २०१३ को अनुसन्धानमा नसर्ने रोग बढ्दै गएको पाइएको थियो । तथ्याङ्कले उच्च रक्तचाप, मोटोपन, मादकपदार्थ, सुर्तीजन्य पदार्थको प्रयोग, नूनको मात्रा बढ्नुलगायतका कारणले हृदयाघात, मुटुरोग, क्यान्सरजस्ता नसर्ने रोग बढ्न सहयोग गरेको देखिएको थियो । फेरिँदो जीवनशैली, अव्यस्थित खानपिन तथा शारीरिक अभ्यासको कमीले नसर्ने रोगलाई बढाउन मद्दत गर्ने क्यान्सर रोग विशेषज्ञ डाक्टर अनील कार्कीले बताउनुभयो ।

Facebook Comments
HOMELAND

Leave a Reply

Your email address will not be published. Required fields are marked *